+
Search

ताजा अपडेट +

पपुलर +

७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक, कमजोर देखिए मधेशका पालिका

७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक, कमजोर देखिए मधेशका पालिका
पालिका लाइभ
२०८१ भाद्र ८, शनिबार

काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीय तहहरूले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो ।

मन्त्रालयले बिहीबार मात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ ।

स्थानीय तहहरूको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबिच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने काम गर्छ ।

४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरूले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरूको अंक दिने प्रक्रियाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो ।

लिजामा मधेश प्रदेशका पालिकाहरू कमजोर देखिएका छन् । महोत्तरीको सोनामा गाउँपालिका १०० अंकमा जम्मा १२.५० अंक, गढीमाई नगरपालिकाले २०.५, सवैला नगरपालिका धनुषाले २५.२५ पर्साको धोविनी गाउँपालिकाले २५.७५ अंक, सोलुको सोताङ गाउँपालिका २७.२५ अंक पाएका छन् ।

उत्कृष्ट नजिता ल्याउनेमा भने धादिङको नीलकण्ठ नगरपालिका परेको छ ।

[pdf-embedder url=”https://www.palikalive.com/wp-content/uploads/2024/08/LISA-1724409739.pdf”]

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।