+
Search

ताजा अपडेट +

पपुलर +

एसईईको नतिजा यसैसाता सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

एसईईको नतिजा यसैसाता सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ
पालिका लाइभ
२०८१ असार ९, आईतवार

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने सूचनामा उल्लेख छ।

परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ।

सूचना

Screenshot 2024 06 24 1

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।