+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोल, डिजेलको भाउ घट्यो, कुनमा कति मूल्य?

पालिका लाइभ
२०८० चैत्र ३, शनिबार

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले शुक्रबार रातिदेखि लागू हुनेगरि मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गामा प्रतिलिटर १६८ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो वर्गामा १७० र तेस्रोमा १७१ रुपैयाँ प्रतिलिटर कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा कायम हुनेछ। यस्तै, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ