+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंक वित्तीय साक्षरतामा केन्द्रित, थप ४१ शाखाले एकसाथ चलाए कार्यक्रम

पालिका लाइभ
२०८० फाल्गुन २४, बिहीबार

काठमाडौं– ग्लोबल आइएमई बैंक वित्तीय साक्षारता बढाउन केन्द्रित भएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थप ४१ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी कार्यक्रम संचालन गरेको बैंकले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकका अनुसार, मुलुकका विभिन्न ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढीलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तु जानकारी गराइएको छ।

बैंकले दमक, विराटनगर, मलंगवा, दोरम्बा शैलुङ, मन्थली, गल्छी, कालिका, गोसाईंकुण्ड, वालिङ, गैंडाकोट, कावासोती, विनयी–त्रिवेणी, बेशीशहर, भानु, बाणगंगा, दंगीशरण, राप्ती, मालिका, मुसीकोट, चन्द्रकोट, रामग्राम, पूर्वखोला, देवदह, सन्धिखर्क, डिलासैनी, अमरगढी लगायत स्थानमा कार्यक्रम गरिएको जनाएको छ।

बैंकले यसअघि ३५ शाखामार्फत यस्तै कार्यक्रम संचालन गरिसकेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ