+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक उड्डयन प्राधिकरणले माग्यो ९८ कर्मचारी (सूचनासहित)

पालिका लाइभ
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौ– नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्राविधिकतर्फ दशाैं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृतमा १/१ जना, एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा ४३ जना दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि आवेदन खुला गरेको प्रधिकरणले जनाएको हो।

प्राधिकरणले प्राविधिक सहायक एभिएशन फायर सर्भिसेसतर्फ १७ जना माग गरेको छ । योग्य नेपालीहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

caan bigyapn 1708650891.jpg scaled

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ