+
Search

ताजा अपडेट +

पपुलर +

राैतहटकाे चन्द्रपुरकाे वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग

पालिका लाइभ
२०८० फाल्गुन ६, आईतवार

रौतहट– चन्द्रपुर नगरपालिकामा रहेको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने अभियान सुरु भएको छ ।

नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बोधनाथ देवकोटाले नगरपालिकाको १२औँ हिउँदे अधिवेशनमा वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउन माग गर्दै निवेदन दर्ता गराए पछि शनिवार बसेको नगरसभाले पारित गरेको छ ।

वडा न ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालाई छुट्टै पालिका बनाउन माग गर्दै वडाध्यक्ष देवकोटाले नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।

नगरपालिकाको वडा नम्बर २ र ३ का विभिन्न बस्तीहरूलाई समेटेर छुट्टै गाउँपालिका बनाउने अभियानमा आफू लागेको र त्यसै अनुसार नगरपालिकामा निवेदन दर्ता गराएको उनले बताए।

वडा नम्बर ३ को भूगोल तथा र प्रशासनिक क्षेत्रलाई छुट्टै पालिकाका रूपमा विकास गर्नका लागि माग गर्दै सो वडाका निर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

नगरपालिकाको वडा नम्बर ३ गैडाटारलाई छुट्टै पालिकाका रूपमा अगाडि बढ्न स्वीकृत प्रदान गरेको छ ।

अब सो प्रक्रिया प्रदेश सरकार हुँदै संघ सरकारमा पुगेर मन्त्रीपरिषद्को निर्णय भयो भने चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ छुट्टै गाउँपालिकाका रूपमा हुने छ ।

आफूहरू यो प्रक्रियामा लागिसकेको र अब प्रदेश सरकार हुँदै फाइल संघ सरकारसम्म पुर्‍याउने वडा वडाध्यक्ष देवकोटाको भनाइ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ