+
Search

ताजा अपडेट +

पपुलर +

आज असोज ५ गते शुक्रबार, थाहा पाउनुहोस् तपाईको राशिफल

पालिका लाइभ
२०८० आश्विन ५, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । प्रेमको प्रसंग सुखद रहला । आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागेपनि कुन काम गर्ने निणर्य गर्न सकिने छैन ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ ।

सबैको दिन सुखद् रहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ