+
Search

ताजा अपडेट +

पपुलर +

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

पालिका लाइभ
२०८० आश्विन २, मंगलवार

काठमाडौं– करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो ।

अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।

अर्याल २०३९ साल साउन १ गते राजपत्र अनंकित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर सरकारी सेवा सुरु गरेका थिए ।

उनी पछि नासु हुँदै शाखा अधिकृतमा बढुवा भएका थिए ।

उनले अधिकांश जग्गाहरु गाविस र नगरपालिकाअन्तर्गतका कार्यालयमा काम गर्दा जोडेको अख्तियारको दाबी थियो ।

सजाय निर्धारण हुन बाँकी रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ