+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक

पालिका लाइभ
२०८० असार २३, शनिबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि साउन २० गते परीक्षा सञ्चालन गर्न लागेको हो ।

विद्यार्थीले परीक्षाका लागि असार २८ गतेदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन् ।

फारम भर्ने अन्तिम मिति साउन १२ गते सम्म रहेको छ । साथै परीक्षा साउन २० गते बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षामा सोधिने प्रश्नहरु माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत हुनेछन् ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ । मेयर बालेन साहले परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताए ।

उनले भनेका छन्,‘काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पुरा गरेका छौँ ।

सूचना अनुसार सहभागी भएर लाभ उठाउन सम्बन्धित सबैमा अनुरोध छ ।’

https://www.facebook.com/balenOfficial/posts/834881784670745?ref=embed_post

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ