+
Search

ताजा अपडेट +

पपुलर +

रुग्ण आयोजनाका अवस्था हेर्न पूर्वाधार मन्त्रीको लगातार दौडाहा, भन्छन् ‘पुरा गराउन प्रतिबद्ध छौं’

पालिका लाइभ
२०७९ चैत्र ४, शनिबार

काठमाडौं– पूर्वाधारका कामको अवस्था हेर्न लगातार घुमिरहेका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न प्रयास जारी रहेको बताएका छन् । त्यसैका लागि लगातार अनुगमन गरिरहेको उनको भनाइ छ।

काठमाडौं उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रहरूमा शुक्रबार अनुगमन गरेपछि उनले पूर्वाधार आयोजना पुरा गराउन आफू प्रयत्नशील रहेको बताएका हुन्। उनको टोलीमा मन्त्रालय तथा विभागका अधिकारीहरू पनि सहभागी थिए।

आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाहरूको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने उल्लेख गरे। ‘निर्माणव्यवसायीहरूलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु। निश्चित समयभित्र गुणस्तरीय काम गर्न निर्देशन दिइएको छ,’ उनले भने।

‘अनुगमन भएको छ, काममा केही प्रगति पनि भएका छन्। तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन,’ उनले भने। उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ।

Minister NK inspection 02 1024x691 1

कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌लगायत अन्य कार्यालयहरूका कारण ढिलाइ भइरहेको उनले बताए। त्यस्तै निर्माण व्यबसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउँदै उनले छिटो सम्पन्न गर्न लागिपरेको दोहोर्याए।

कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताए। गुणस्तरीय सरकारमा हिँड्न पाउने अधिकार नागरिकको भएकाले जनताले सडक कर तिर्ने गरेको उनले उल्लेख गरे।

गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। ‘भैसेपाटी सडकको समस्या अब धेरै रहँदैन,’ उनले भने, ‘पाइप बिछ्याउने काम पुरा भएको छ। अब एक महिनामा सडक पिच हुनेछ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ