+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपालमा

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपालमा
पालिका लाइभ
२०७९ पुष १२, मंगलवार

काठमाडौँ- काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आएको छ। पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको विस्तृत अध्ययन गर्न सोमबार चीनबाट विज्ञ टोली नेपाल आएको हो।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिए। प्रवक्ता चित्रकारले यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुने बताए।

China Team in Nepal rail

‘कोभिड लगायतको कारणले पूर्वसम्भाव्यता अध्ययनपछि रेलमार्गको विषयमा प्रगति हुनसकेको थिएन’, उनले भने, ‘यो प्रोजेक्ट प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको छ। निर्माणको चरणमा जाँदा कुनै समस्या नआउने गरी अध्ययन गर्छ।’

चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिम लगायतको विषयमा अध्ययन हुने चित्रकारले बताए।

बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्नेगरी नेपालले चीनसँग प्रस्ताव गरेको नौ विकास परियोजनामा केरुङ–काठमाडौ रेलमार्ग पनि एक हो।

गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा चीनले रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता दिने सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।