+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भयो : केपी ओली

पालिका लाइभ
२०७९ पुष ९, शनिबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।

एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे ।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए ।

‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने । ओलीले स‌ंस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।

उनले भने, ‘…लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाई‌ंले आँप पाकेकै बेला टिप्नुभएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन ।’

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते बेलुका ५ बजेसम्मको समय दिएकी छन् । सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुटेको छैन । माओवादी अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री हुन चाहन्छन् । त्यसका लागि उनले सत्ता गठबन्धनभित्रको कांग्रेससँगै बाहिरको नेकपा एमालेसँग पनि संवाद गरिरहेका छन् ।

यसै सन्दर्भमा ओलीले प्रचण्डले ढिलो गरेको प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ