+
Search

ताजा अपडेट +

पपुलर +

‘धाप ड्याम’ को अनुगमनमा सहरी विकासमन्त्री, ‘बागमती सफाइसँगै पर्यटन प्रवर्द्धन’

पालिका लाइभ
२०७९ मंसिर २७, मंगलवार

काठमाडौँ- सहरी विकासमन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको सोमबार निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठूलो योगदान गर्ने बताएका छन्।

सहरी विकास मन्त्रालय अन्तर्गत संचालित विभिन्न आयोजनाहरुका निरीक्षण गर्ने क्रममा गोकर्णेश्वर पुगेका मन्त्री चौधरीले भने, ‘यस ड्यामको निर्माणले वागमती सफाई गर्ने, वागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ। त्यसका साथै यहाँको पर्यटन पर्वद्धनमा समेत ठूलो योगदान गर्ने देखेँ।’

मन्त्री चौधरीले नागमतीमा समेत यस्तै खाले ड्याम बनाउने योजना सुनाए।

151515 Met madi

एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा रु ४१ करोडमा निर्माण भएको उक्त ड्यामको उदेश्य बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने रहेको इन्जिनियर रामबाबु शाहले बताए। विशेषगरि सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरुका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको इन्जिनियर शाहको भनाइ थियो।

सन् २०१७ मा सुरु भएको उक्त ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ