काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकतामा राजनीति गरेर जनतामाथि अन्याय गरिएको बताएका छन् ।
वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार उनले पहिले मुद्दा हाल्न लगाउने र अहिले विधेयक रोकेर नागरिकताको अधिकारबाट जनतालाई वञ्चित गर्न खोजिएको जिकिर गरे ।
“अध्यादेश जारी गर्दा मुद्दा हाल्न लगाउने र रोक्ने, अहिले संसद्ले विधेयक पारित गर्दा राष्ट्रपतिले रोक्ने रु जनतालाई नागरिकताको अधिकारबाट पञ्चित गर्ने रु,” महतोले प्रश्न गर्दै भने, “अस्ति हामीलाई राष्ट्रपतिले बोलाउनुभएको थियो । उहाँलाई दुःख लाग्यो रे १”
आफूले राष्ट्रपतिलाई किन दुःख लागेको भनेर प्रश्न गरेको भन्दै उनले राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो सन्देश सुनुवाइ नभएको गुनासो गरेको बताए ।
“नागरिकता विधेयकमा आफ्नो सन्देश सुनुवाइ नभएको भनेर उहाँले दुःख लागेको बताउनुभयो,” महतोले भने, “मैले भनेँ– यस्तो षड्यन्त्र संविधान जारी हुँदा नै सुरु भएको हो । ६०१ सभासदले छलफल गरेर कहाँ संविधान जारी भएको थियो रु १६ सूत्रीय सहमति गर्नेहरूले संविधान जारी गरेका होइनन् रु”
प्रतिक्रिया