+
Search

ताजा अपडेट +

पपुलर +

गितकार निरोज भट्ट र राजु परियारको पहिलो गित ‘दशै र तिहार आयो हजुर’ बजारमा

गितकार निरोज भट्ट र राजु परियारको पहिलो गित ‘दशै र तिहार आयो हजुर’ बजारमा
पालिका लाइभ
२०७९ आश्विन ३, सोमबार

काठमाडौं– पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

यसै बिच हिन्दु नेपालीहरुको महान् पर्व विजया दशमी एवम् शुभ-दिपावलीको अवसर पारेर गितकार निरोज भट्टले वडा दशैंको शुभकामना दिदै नयाँ दशै गित ‘दशै र तिहार आयो हजुर’ डिजिटल बजारमा भखर्रै सार्वजनिक गरेका छन् । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

सुप्रसिद्ध दोहोरी गायक एवम् लोक स्वर स्रमाट राजु परियार र चर्चित गाायिका अमृता नेपालीले गाएको गितमा गितकार निरोज भट्टको शब्द सृर्जना एवम् सर्जक रमेश परियारको उत्कृष्ट लय रचना रहेको छ ।

गितमा महेन्द्र भण्डारीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा वडा दशैंमा हुने रमाईलो क्षणका विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

गितकार भट्ट सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् । केही समय अघि सम्पन्न भएको आठौं नेशनल क्यापिटल अवार्डमा उनि राष्ट्रिय समाजसेवी सम्मान २०७८ बाट सम्मानित भएका थिए ।

विगत लामो समयदेखी नेपाली गित संगित, कला सँस्कृति एवम् समाजसेवामा क्रियाशील रहदैं भट्टले पुराऊनु भएको अतुलनिय योगदानको कदर गर्दै सामाजिक सेवामा निवार्ह गरेको भुमिकाको उच्च मुल्याकंन गर्दै ‘आठौं नेशनल क्यापिटल अवार्ड २०७८’ को अवसरमा भट्टलाई ‘राष्ट्रिय समाजसेवी सम्मान-२०७८ बाट सम्मानित गरिएको थियो ।

गोरखा जील्ला जन्मथलो भई काठमाडौं कर्मथलो वनाएका भट्ट सामाजिक कार्यहरुमा निकै अग्रस्थानमा छन् ।

सामाजिक क्षेत्रमा भट्टले गरेका कार्यहरु अस्मरणिय छन् । कोभिडको वेला भट्टले गरेको समाजसेवाले उनलाई एक उत्कृष्ट समाजसेवीको रुपमा चिनाएको छ ।

त्यस्तै ‘चोली ढाकाले’ लोकदोहोरी गीतबाट भट्टले सर्वोत्कृष्ट गितकारको अवार्ड चुम्न सफल भएका थिए । चोली ढाकाले गित सिद्धकाली डिजिटलबाट केही महिना अघि बजारमा आएको थियो जसमा भट्टको शब्द सृर्जना, रमेश परियारको लय रचना, देवी धर्ति, अमृता नेपाली, सचिन भट्टराई र हरिराम परियारको स्वर रहेको थियो ।

उनि सिद्धकाली डिजिटलका संचालक समेत रहेका छन् ।

काजीश श्रेष्ठ उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सरोज राना प्रजा , बिना राउत , लोमस शर्मा, आभा थापा र जिविस/ जिबन श्रेष्ठको अभिनय संगै फिचरिङ्ग रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा भाईरल वनिरहेको छ ।

गित अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।