+
Search

ताजा अपडेट +

पपुलर +

सिर्जनाको अनुभवजन्य सुझाव- चुनाव एक्लै लडौँ, गठबन्धनले अस्तव्यस्त बनाउँछ

पालिका लाइभ
२०७९ श्रावण २५, बुधबार

काठमाडौँ- गत स्थानीय चुनावमा सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरको प्रमुखका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेतृ सिर्जना सिंहले चुनावी तालमेलले अन्योल बढाउने टिप्पणी गरेकी छन्।

सत्तारुढ पाँचदलीय गठबन्धन सिट बाँडफाँटको तयारीमा रहेका बेला उनले चुनावी तालमेलको विरोध गरेकी हुन्।

नेतृ सिंहले बुधबार ट्विट गर्दै चुनावी तालमेलभन्दा पनि आसन्न संसदीय निर्वाचनमा सबै दल आआफ्ना चुनाव चिह्नबाट लड्नुपर्नेमा जोड दिएकी छन्।

उनले निर्वाचनपछि बहुमत नपुगे सरकार गठनका लागि गठबन्धन गर्न सकिने पनि उल्लेख गरेकी छन्।

‘राजनीतिक कुरा गर्न मन लाग्यो। आउँदै गरेको संसदीय चुनावमा आआफ्ना पार्टी आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आआफ्ना उम्मेदवार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दा हुन्छ’, सिंहले लेखेकी छन्, ‘स्थानीय चुनावमा देखेको/भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्तबाहेक केही गर्दैन।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ