+
Search

ताजा अपडेट +

पपुलर +

अभिनयमा नवनायिका दिपाको ‘धमाकेदार इन्ट्री’

पालिका लाइभ
२०७९ जेष्ठ २६, बिहीबार

गाेरखा- नेपाली मोडलिङ्ग दुनियाँमा यतिबेला नव कलाकारहरुको रुची र आगमन बढ्दो रुपमा रहेको छ । सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवतीहरु यस क्षेत्रमा आइरहेका पनि छन ।

यहिक्रममा सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउदै आएकि नब मोडल हुन दिपा मगर।

IMG 20220610 WA0003

भविष्यमा यहि क्षेत्रमा अन्यले कलाकारले भन्दा केहि नयाँपन दिएर आफ्नो छुटै छाप छोड्ने आंकाक्षा सहित एक सफल नायिका बन्ने सपना बोकेर यस क्षेत्रमा प्रवेश गरेकी मोडल मगर अहिले सोहि अनुसार कलाकारितामा कडा मिहनेत गर्दै छिन ।

processed 0fdadf52 cbfc 43ee 9b3a 87f3cb104859 W5HvgtwG

आफ्नो सानैदेखिको ठुलो सपना र उदेश्य भनेकै नेपालि कला सस्कृति लाइ अन्तराष्ट्रिय स्तर सम्म पुर्याउने नेपाली फिल्म उधोग लाइ ग्लोबल फिल्म इण्डस्ट्रिको रुपमा बिकाश गर्नु पर्छ भन्ने महान सोच उनले लिएकी छन् ।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्मानित पेशाको क्षेत्र पनि हो, जहाँ बाट कलाकारले आफ्नो खुबी र क्षमता अनुसार आफ्नो कलाकारिताको बिधामा राम्रा दख्खल भएका कलाकारहरुले स्वदेशमा नै विभिन्न अवसरहरु पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।

processed a1e25971 1515 43e0 8011 7af78e5e0a77 qWjAuptD

यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकि हुन नब मोडल मगर। काठमाण्डौ नै जन्मथलो र कर्मथलो बनाउदै आएकि उनि ले देश विदेशको यात्रा समेत गरिसकेकि छन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर दर्शकको वाहि वाहि भैसकेकी उनको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु पनि थियो ।

IMG 20220610 WA0004

नृत्य र अभिनयमा पोख्त आकर्षक सुन्दर र मिलेको फिगरकि धनि उज्यालो मुहार नशालु हेराइ मृग नयन गुलाबी ओठ र सेक्सी एन्ड बोल्ड लुक्स नै उनि प्रतिको अर्को मुख्य आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सामाजिक कार्यमा पनि रुचि राख्ने उनि सबै सङ्ग सजिलै घुलमिल हुन सक्ने मगरको बिशेषता हो ।

स्नातक सम्मको अध्यययन उतिर्ण गरिसकेकी उनि राजधानीकै एक कन्सल्ट्यान्सिमा समेत कार्यरत छिन । घुमाघाम पढ्न र नयाँ नयाँ परिकार बनाउन पनि उतिकै सौखिन उनले अहिले सम्म थुप्रै म्युजिक भिडियो टेलिभिजन सिरियल र बिज्ञापनमा काम गरि सकेकि छन् ।

processed c2bbd265 5b70 4028 a20e 712b944c4c54 C1lQoBg7

दिपा भन्छिन यहा अहिले पनि नया अफर त आइरहेकै छन तर राम्रो क्वालिटी र चलेको ब्यानरको संग काम गर्ने चाहना रहेको र कामको संख्या भन्दा पनि गुणस्तरीय काम लाइ प्राथामिकता गर्न सकियो भने उपलब्धि मुलक हुने दीपाको तर्क छ “कथा र पात्र अनुसार भल्गारिटि बाहेक जस्तो सुकै रोल र अभिनय गर्नलाइ पनि सक्ने साहस र हिम्मत छ पक्कै गर्ने छु भन्ने उनको बिश्वास छ ।

अहिले सम्म प्रेम सम्बन्धमा नरहेको मगरलाई लाइ प्रेम प्रस्ताव भने थुप्रै आउने गरेको छ । आफ्नो रोजाइको युवक नै नभेटेकोले अझै सिङ्ग्ल छु अहिले जो कोहीलाई बिस्वास गर्ने जमाना पनि छैन प्रेमको नाममा धेरै बिकृति र दर्दनाक घटना दिन प्रतिदिन हाम्रै आखा आगाडि घटेको छ सो प्रति मेरो पनि चित्त दुखाइ छ ।

IMG 20220608 WA0016

उनको अध्ययन अनुसार यो कलियुग हो यहा माया प्रेमको नाममा यौन शोषण र ब्याबसाय बढेको छ यो बिकृति हो । महिला भएकै कारणले धेरै बालिका र महिलाले अकालमै ज्यान गुमाउन परेको छ जुन निक्कै दुखद छ भन्दै केहि बेर भावुक समेत भइन । सबैले गर्ने माया एकै किसिमको हुदैन हामीले धेरै बुझेर सोचेर मात्र सहि व्यक्ति संग माया प्रेम सम्बन्ध राख्नु पर्ने उनको सुझाव छ

अब छिट्टै नै नयाँ प्रोजेक्ट ठुलो पर्दामा डेभ्यु गर्ने निस्चित भएको छ सम्भवत अर्को महिना बाट काम हुने पनि जानकारी समेत गराइन । आफ्नो कामले समय नपाइरहेकाले केहि आएको काम लाई स्विकार गर्न सकिएन अब भने मोडलिङ्ग लाइ नै पुरै समय छुट्टाएर यहि क्षेत्रमा निरंतरता दिने सोच छ ।

processed adddc6d9 eb98 40eb a6da 442af36c2281 AZSeytZZ

केहि दिन अगाडि मात्र मोडल मगर द्वारा अभिनित प्रमोद खरेलको स्वरमा नयाँ म्युजिक भिडियो “नजर झुके झैँ लाग्यो” बजारमा आएको उक्त भिडीयो अहिले युवा पुस्ताको रोजाइमा परेको पनि छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ