+
Search

ताजा अपडेट +

पपुलर +

आकाश र पूजाको ‘सम्झना बिर्सना’ असार ३१ मा

आकाश र पूजाको ‘सम्झना बिर्सना’ असार ३१ मा
पालिका लाइभ
२०७९ जेष्ठ २२, आईतवार

काठमाडौँ- नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तोक्दै सार्दै गरेको फिल्म युनिटले अब भने असार ३१ गतेलाई प्रदर्शन मिति लक गरेको छ।

यसअघि यो चलचित्र जेठ ६ गते नै प्रदर्शन हुने प्रचार थियो। स्थानीय निर्वाचनको कारण देखाउँदै सरेको ‘सम्झना बिर्सना’ निकै प्रचार गरिएको चलचित्र हो।

यो चलचित्रमा आकाश श्रेष्ठ र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। फिल्म तथा म्युजिक भिडिओमा निक्कै रुचाइएको पूजा र आकाशको जोडीसँगै यो चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा पनि शिर्ष भूमिकामा देखिनेछन्।

निमेष प्रधानले निर्देशन गरेको चलचित्र दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ। निर्देशक प्रधानकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद लेखनमा निर्देशक प्रधानलाई अभिनेता शिशिर राणाले साथ दिएका छन्।

शिव ढकालको छायांकन रहेको चलचित्रमा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहनेछ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।