+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले लगायो मदिरालगायत १० प्रकारका सामग्री आयातमा रोक [सूचीसहित]

पालिका लाइभ
२०७९ बैशाख १४, बुधबार

काठमाडौं– सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भनदै विभिन्न १० प्रकारका सामग्री आयातमा रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको हो।

सरकारले रोक लगाइएका सामग्रीमा मोबाइल, घडी, टेलिभिजन, महँगा मोटरसाइकल तथा गाडी तयारी खानेकुरा, मदिरा तथा सुर्तीजन्य उत्पादन रहेका छन्। उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको मन्त्रालयले जनाएको छ।

कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न भने पाउने मन्त्रालयले बताएको छ।

बैशाख १३ भन्दा अगाडि नै बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको सामग्रीको हकमा भने नरोकिने सूचनामा उल्लेख छ।

यी हुन् आयात रोकिएका सामग्री

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ