+
Search

ताजा अपडेट +

पपुलर +

एमालेलाई भीम रावलको प्रश्नः सूर्य चिह्न बिक्री हुने वस्तु हो?

पालिका लाइभ
२०७९ बैशाख १, बिहीबार

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावल पहिलेदेखि अन्य दलसँग चुनावी तालमेल गर्न हुँदैन भन्ने पक्षमा छन्।

एमालेले राप्रपा नेपालसँग आसन्न स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कुरा गरेदेखि नै उनी असन्तुष्ट छन्।

अहिले एमालेले राप्रपा नेपाल र परिवार दलसँग वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति नै गरिसकेपछि त झन् उनको असन्तुष्टि चुलिएको छ।

यी दुवै दलले एमालेकै चुनाव चिह्न सूर्य नै लिएर चुनाव लड्ने निधो गरेका छन्। जसमा एमाले नेता रावलले बिहीबार आपत्ति प्रकट गरेका हुन्। उनले आफ्नै पार्टीलाई सूर्य बिक्री हुने चिह्न हो भनेर सोधेका छन्।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ