+
Search

ताजा अपडेट +

पपुलर +

शिव परियारको ‘कुरो दामी हो’ [भिडिओ]

पालिका लाइभ
२०७८ चैत्र १४, सोमबार

काठमाडौँ- गायक शिव परियारको नयाँ गीत बजारमा आएको छ। परियारको स्वरमा पछिल्लो समय ‘कुरो दामी हो…’ बोलको गीत बजारमा आएको हो।

सार्वजनिक गीत राजेन्द्र थापाले लेखेका हुन्। गीतमा संगीत दीपक शिलवालको सुन्न सकिन्छ।

सार्वजनिक गीतको कोरश गायनमा शिवलाई आरसी रिमाल र भूषण खतिवडाले साथ दिएका छन्। एक समयको चर्चित गीत ‘क्या दामी भो’को सिक्वेलका रुपमा बजारमा ल्याएको शिवले बताएका छन्।

रक्सी सेवनले स्वास्थ्यमा पार्ने असर र त्यसले सिर्जना गर्ने अन्य समस्या गीतमा उल्लेख छ। सार्वजनिक गीतको म्यूजिक भिडिओमा प्रियना आचार्य र अरुण क्षेत्रीले अभिनय गरेका छन्। म्यूजिक भिडिओ निर्देशन शान थापाले गरेका हुन्।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ