+
Search

ताजा अपडेट +

पपुलर +

आईपीएल : दिल्लीको विजयी सुरुवात, मुम्बई ४ विकेटले पराजित

पालिका लाइभ
२०७८ चैत्र १४, सोमबार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ।

आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले विजयी सुरुवात गरेको हो। मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।

दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए भने अक्षर पटेलले अविजित ३८ रन जोडे। त्यसैगरी, पृथ्वी शले ३८ रन जोड्दा शार्दुल ठाकुरले २२ रन बनाए।मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।मुम्बईका इशान किशनले अविजित ८१ रनको पारी खेले। कप्तान रोहित शर्माले ४१ रन जोड्दा तिलक वर्माले २२ रन जोडे। टिम डाभिड १२ रनमा आउट भए।

दिल्लीका कुलदिप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए। जितसँगै दिल्लीले पहिलो खेलमा २ अंक जोडेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ