+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी पालुङटारकाे अध्यक्षमा चिन्तन निर्वाचित, काेषाध्यक्षमा भट्टराई सर्वसम्मत

माओवादी पालुङटारकाे अध्यक्षमा चिन्तन निर्वाचित, काेषाध्यक्षमा भट्टराई सर्वसम्मत
पालिका लाइभ
२०७८ चैत्र ६, आईतवार

गोरखा– नेकपा (माओवादी केन्द्र), पालुङटार नगरकमिटि निर्वाचन प्रणालीबाट चयन भएकाे छ । गत मंसिर ११ गते ६५ नगर सदस्यीय चयन गर्दै स्थगित भएकाे अधिवेशन विहिवार निर्वाचन प्रणाली मार्फत सम्पन्न भएकाे हाे ।

नगरकमिटिकाे अध्यक्षका लागि चारजनाकाे उम्मेदवारी परेकाे थियाे ।  निर्वतमान नगर अध्यक्ष विवश चिन्तन (अजय), विकास वाग्ले, मदन देवकाेटा र दुर्गालाल श्रेष्ठ मैदानमा थिए ।

अध्यक्षमा चार जनाकाे दावी परेसंगै वाग्ले र श्रेष्ठले देवकाेटालाई समर्थन गरेपछि देवकाेटा भर्सेस अजय चुनावी मैदानमा उत्रिएका थिए । अजयले ३२ मत प्राप्त गरे भने देवकाेटाले २२ मत प्राप्त गरे । देवकाेटालाई जिल्ला अध्यक्ष लेखबहादुर थापामगर र केन्द्रीय सदस्य चुडामणी खड्काकाे समर्थन थियाे भने अजयलाई नारायकाजी श्रेष्ठकाे ।

खड्का इन्चार्ज रहेकाे गाेरखा काठमाडौं सम्पर्क समन्वय समिति र पालुङटार नगर कमिटिमा भद्रगाेल बनाएका उनी पालुङटारमा नराम्राेसंग हार व्यहाेरेका छन् । सम्पर्क समितिमा पनि निर्वाचनमा जाने भन्दै सदस्यहरू कृयाशिल भएपनि खड्काका कारण कमिटिले पूर्णता पाउन नसकेकाे स्राेतकाे दावी छ ।

तिन उपाध्यक्षका लागि उपाध्यक्षमा ७ जनाकाे उम्मेदवारी परेकाे थियाे । जसमा  शर्मिला बगाले (३२) , सुमन आचार्य (३३) र रिखिराज धैराली (२८) मतका साथ निर्वाचित भएका छन् । उनीहरूले गाेविन्द्र बराकाेटी (११), रामचन्द्र तिवारी (१२) र मानबहादुर पाैडेल (२२) लाई हराउदैं निर्वाचित भएका हुन् ।

उपाध्यक्षका उम्मेदवार तथा नगरपालिकाकी उपमेयर पम्फा बसेल गण्डकी प्रदेश सदस्य हुदैं केन्द्रीय सदस्यमा मनाेनित भएपछि उनी चुनावी मैदानबाट बाहिएकी थिइन् । काेषाध्यक्षमा विकास भट्टराईकाे मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका छन् ।

सचिवमा  शंकरराज कंडेल ३३ मतका साथ निर्वाचित भएका थिए आशिष देवकोटाले २० मत ल्याएका थिए । त्यस्तै, सहसचिवमा बुद्धी गुरुङले २८ मतका साथ निर्वाचित भए भने प्रतिस्पर्धा  बसन्त देवकोटाले १९ मत ल्याएका थिए ।

नगर कमिटिमा एक अध्यक्ष, दुई उपाध्यक्ष र एक समावेशी उपाध्यक्ष, एक सचिव, एक सह-सचिव र काेषाध्यक्षसहित ६५ जना सदस्य रहने व्यवस्था छ ।

माओबादीकाे विधान अनुसार नगरकमिटिको अधिवेशनबाट निर्वाचित नगर सदस्यहरु मध्येबाट नगरसमितिका पदाधिकारीको निर्वाचन गरिएको हो ।

अध्यक्षमा चार जनाको उमेद्वारी रहे पनि विकास वाग्ले र दुर्गालाल श्रेष्ठले मदन देवकोटालाई सम्मर्थन गर्दै उम्मेद्बारी फिर्ता लिएपछि मतदान प्रक्रिया अघि बढेको थियाे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।