+
Search

ताजा अपडेट +

पपुलर +

रियललाई हराउँदै बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

पालिका लाइभ
२०७८ माघ २१, शुक्रबार

काठमाडौं– एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। बिल्वाओले रियल मड्रिडलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बिल्वाओले रियललाई १–० ले पराजित गरेको हो।

घरेलु मैदान सान मामेसमा सम्पन्न खेलमा एलेक्स बेरेनगुएरले गरेको गोल नै निर्णायक बन्यो। उनले ८९औं मिनेटमा मिकेल भेस्गाको पासमा गोल गरेका थिए।

बिल्वाओले रियललाई पछिल्लोपटक १५ जनवरी २०२१ को सुपरकपमा २–१ ले हराएको थियो। त्यसयताको चार खेलमा बिल्वाओले लगातार हार बेहोरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ