+
Search

ताजा अपडेट +

पपुलर +

ओमिक्रोनको संक्रमण रोकथामका लागि सरकारको ३६ बुँदे आदेश (पूर्णपाठसहित)

पालिका लाइभ
२०७८ माघ २, आईतवार

काठमाडौं– सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६बुँदे आदेश जारी गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो ।

सो आदेश अनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिसभेला हुने क्रियाकलाप माघ मशान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरु बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

हेर्नुहोस् सरकारको आदेश

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ