+
Search

ताजा अपडेट +

पपुलर +

ब्युटिसियन नेपाल २०२१ को उपाधी सुर्खेतकी मञ्जुले चुमिन

पालिका लाइभ
२०७८ पुष ३, शनिबार

काठमाडौ- ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पारेकी छन् । याे ब्युटिसियन नेपालको सातौं संस्करण हो । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी पनि हात पारेकी छन् ।

नेपाली ब्युटीसियनहरुको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पारेकी छन् । त्यस्तै गरी भूमिका शाहले सेकेन्ड रनर अपएवं बेस्ट ट्यालेन्टको उपाधी हात पार्न सफल भएकी छन् । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरुबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए ।

1515145Manju

ब्युटिसियन पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरुको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरुले करिब दुई हप्ता व्यक्तित्वविकास, स्टेजको प्रस्तुति, क्याटवाक, बोलीचाली अभ्यास, फोटोसुट, भिडियोसुट तथा विविध सौन्दर्य क्षेत्रका तालिम एवं अभ्यास कक्षामा सरिक भएका थिए ।

फाइनल सोमा बिजेता उपबिजेता तथा अन्य प्रतियोगीहरुले विविध सबटाइटल अवार्डहरु प्राप्त गरेका थिए ।

1515145Mnajji

आफुले आफैलाई दुलही श्रृंगार गरेर बेहुलीको भेषमा स्टेजमा उत्रिएका ब्युटिसियनहरुको प्रस्तुति निकै आकर्षक देखिएको थियो । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं कार्यक्रम निर्देशक हिमानी सुब्बाले गरेकी थिइन् ।

निर्णायक मण्डलमा नायिका सञ्चिता लुंइटेल, नृत्य निर्देशक एवं चलचित्रकर्मी गोबिन्द राई, कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस नेपाल आइडल २०१९ शोभिता राई एवं ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर रहेका थिए ।

1515145ःलबवष

कार्यक्रममा आर्कषक नृत्यहरुको पनि प्रस्तुति रहेको थियो भने कार्यक्रम प्रस्तोता नायक एवं मोडल दिक्पाल कार्कीले दर्शकहरुमाझ रमाइलो प्रश्नोत्तरको श्रृंखला प्रस्तुत गरेका थिए जसमा बिजेताहरुलाई प्रायोजकले गिफ्ट वितरण गरेको थियो ।

कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनले सम्प्रेषण गरेको थियो भने फोटोग्राफी तथा भिडियोग्राफी वरिष्ठ फोटोग्राफर कुबेर तामाङले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ