+
Search

ताजा अपडेट +

पपुलर +

झापा पुगेर केपी ओलीले भने- प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपालले वडा सदस्य पनि जित्दैनन्

पालिका लाइभ
२०७८ भाद्र २९, मंगलवार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले चुनावमा वडा सदस्य पनि नजित्ने टिप्पणी गरेका छन्। मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले माधव नेपाललाई किन भोट दिने भन्दै प्रश्न गरेका थिए।

‘माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले भोट हाल्छन् अब? किन हाल्ने, एमाले फुटाएको हुनाले? एमाले टुक्र्याएको हुनाले? चोइट्याएको हुनाले? के कारणले माधव नेपालाई भोट हाल्ने?’, उनको प्रश्न थियो।

प्रचण्डले आफूहरुले वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो छ भनेको भन्दै ओलीले खुसी लागेको बताए। ‘उहाँले चुनावभन्दा अगाडि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो’, उनले भने।

माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको बताए। उनले एमाले फुटाउन मात्रै खोजेको ओलीको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ