+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्न सीडीओहरूको बैठक बस्दै, अबको स्वरूप कस्तो होला?

पालिका लाइभ
२०७८ भाद्र ८, मंगलवार

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज (मंगलबार) बस्दै छ। यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।

तर, कोरोना संक्रमण अझै नघटेकाले कसरी अघि बढ्ने भन्ने विषयमा आज उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय लिने भएको छ । चाडबाडको समय भएकाले भीडभाड बढ्ने र त्यसले संक्रमण झनै बढाउने भएकाले निषेधाज्ञा परिमार्जित गरेर थप गरिने भएको छ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले परिष्कृत खालको निषेधाज्ञाको मोडालिटी आवश्यक्ता रहेकाले आजको बैठकले निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ