+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा जुवातास खेलेको आरोपमा ५ प्रकाउ, जुवा सम्वन्धी कसुर शिर्षकमा मुद्वा दर्ता

गाेरखामा जुवातास खेलेको आरोपमा ५ प्रकाउ, जुवा सम्वन्धी कसुर शिर्षकमा मुद्वा दर्ता
पालिका लाइभ
२०७८ श्रावण ३०, शनिबार

गोरखा- पछिल्लो समय गोरखा जिल्लाका विभिन्न स्थानमा जुवा तास खेल्ने क्रम बढेको छ ।  गोरखा सदरमुकाममा रहेको सतिपिपल क्षेत्रमा जुवातास खेलेको आरोपमा जिल्ला प्रहरी कार्यलयले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

गोरखा नगरपालिका-५, सतिपिपलमा रहेको घनश्याम थापामगरको घरमा नुवातास लेखेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक (डिएपी) प्रकाश दाहालका अनुसार २८ गते बिहीबार साँझ थापाको घरमा जुवातास खेलेको भन्ने जानकारीको आधारमा प्रहरीले छापामारेकाे हाे । प्रहरीले खालबाट राजु राना, रेफबहादुर थापा र नविन थापा तथा वडा नम्बर ७ बहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट खेल्न प्रयोग गरिएको ३ बुक तास र १२ हजार ३९० रुपैयाँ बरामद गरेकाे छ । पक्राउ परेका सबैलाई शुक्रबार नै जिल्ला प्रशासन कार्यालय गोरखामा जुवा सम्वन्धी कसुर शिर्षकमा मुद्वा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।