+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका ५३ जनासहित गण्डकीमा थप ४२० जनामा कोरोना पुष्टि, ४१० कोरोनामुक्त

गोरखाका ५३ जनासहित गण्डकीमा थप ४२० जनामा कोरोना पुष्टि, ४१० कोरोनामुक्त
पालिका लाइभ
२०७८ श्रावण ८, शुक्रबार

गोरखा– शुक्रबार गण्डकीका ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७८ जनामा गरिएको नमुना परीक्षणमा ४२० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३३३ जनाको नमुना परीक्षण गर्दा १५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, तनहुँका १२ जना, गोरखाका ५३ जना, लमजुङका १४ जना, नवलपुरका ५३ जना र स्याङ्गजाका ५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १६ जना, बागलुङका ४६ जना र म्याग्दी जिल्लाका १९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार ६३९ पुगेको छ। बिहीबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना र कास्कीका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।