+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसदको अधिवेशन साउन ३ गते बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

संघीय संसदको अधिवेशन साउन ३ गते बोलाउने मन्त्रिपरिषद्‌को निर्णय
पालिका लाइभ
२०७८ असार ३१, बिहीबार

काठमाडौं– सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बोलाउने निर्णय गरेको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको अधिवेशन साउन ३ गते आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाउन सिफारिस गर्ने निर्णय भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधि सभा पुन:स्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो।

राष्ट्रिय सभाको पछिल्लो अधिवेशन भने गत असार १७ गते सुरु भएको थियो। तर, राष्ट्रपतिले यही असार २८ गते अधिवेशन अन्त्य गरिदिएकी थिइन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।