+
Search

ताजा अपडेट +

पपुलर +

बारपाकबाट सिकिस्त २६ वर्षिय महिलालाई उपचारका लागि काठमाडाैं लगियो

पालिका लाइभ
२०७८ जेष्ठ १५, शनिबार

गाेरखा- रुघाखोकी, ज्वरोका कारण सिकिस्त २६ वर्षिय केसुता घलेलाई उपचारका लागि हेलिकप्टरमा बारपाकबाट आज काठमाण्डौँ लगिएको छ । बारपाक सुलिकोट गाउँपालिका २ कोँजेकी महिला केही दिन देखि बिरामी थिईन ।

स्वास्थ्य अवस्था गम्भिर रहेकाले उनलाई अक्सिजन छुटाउन नमिल्ने भएपछि मनाङ ऐयरको हेलिकप्टरमा अक्सिजन बाँधेर मेडिसिटी हस्पिटल काठमाण्डौँ लगिएको हाे ।

बारपाकमा रहेका चिकित्सकले निमोनिया भएको हुन सक्ने आशंका गरेका छन् । त्यहाँ उपचार संभव नभएपछि काठमाण्डौँ पठाइएको हो । केही समय अघि ति महिलाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।

आज बिहान ऐन्टिजिन परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ