+
Search

ताजा अपडेट +

पपुलर +

भागरथीको बलात्कार तथा हत्या : विडम्बना ! जघन्य अपराधमा नाबालक

पालिका लाइभ
२०७७ फाल्गुन ६, बिहीबार

काठमाडौं- सहपाठी किशोरीको बलात्कार तथा हत्याजस्तो जघन्य अपराधमा पक्राउ परेका आरोपी स्वयं पनि किशोर भएकाले उनीमाथि कस्तो कारबाही गर्ने भन्नेमा जिज्ञासा जागेको छ ।

नेपालको कानुनले १८ वर्ष नपुगेको व्यक्तिले अपराध गरेको पुष्टि भएमा जेलको सट्टा बाल सुधारगृहमा पठाउने व्यवस्था गरेको छ।

भागरथीको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका किशोर १८ वर्ष पुगेको पुष्टि हुन सकेको छैन । ‘यो विषयमा हामी अनुसन्धान गर्दै छौँ, विद्यालयमा उनको जन्ममिति भिडाएर यो विषयमा टुंगोमा पुग्छौँ,’ डिआइजी उत्तम सुवेदीको भनाइ छ।

१८ वर्ष नपुगेका व्यक्तिलाई पुर्पक्षका लागि पनि जेल होइन, बाल सुधारगृहमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । अभियोग पुष्टि भएपछि पनि सजायसमेत आधा हुने व्यवस्था रहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीलोकेश राउदले लेखेका छन्।

क्रूर तरिकाले हत्या गर्ने अपराधीलाई जन्मकैद अर्थात् २५ वर्ष जेल सजाय हुने व्यवस्था छ । तर, नाबालक साढे १२ वर्ष नै बाल सुधारगृह बसे पुग्छ ।

गत १२ असोजमा बझाङको मस्टा गाउँपालिकामा १२ वर्षीया सम्झना विकलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पनि हाल डोटीस्थित बाल सुधारगृहमा राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ