+
Search

ताजा अपडेट +

पपुलर +

संसद विघटनको सिफारिस गर्न प्रधानमन्त्री ओली शीतल निवासमा

पालिका लाइभ
२०७७ पुष ५, आईतवार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।

आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक डाकेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गराएका थिए।

प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन गर्ने विषयमा विवाद सुरु भएको छ।

सत्तारुढ नेकपाकै नेताहरू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपाका नेता बाबुराम भट्टराईले वर्तमान संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले स्वीकृत गर्न नहुने तर्क गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ