+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडाैंबाट सोती जादै गरेकाे बस तान्द्राङमा दुर्घटना, २२ घाइते, ५ जनाको अवस्था गम्भिर

पालिका लाइभ
२०७७ पुष १, बुधबार

गोरखा- काठमाडाैंबाट आरूघाट गाउँपालिकाकाे सोती जादै गरेकाे बस तान्द्राङमा दुर्घटनामा परेकाे छ ।

काठमाडाैंबाट आरुघाटको सोती तर्फ जादै गरेको दराैंदी यातायात प्रा.लिकाे ग १ ख ९४४६ नम्बरको बस भीमसेन थापा गाउँपालिका–३ तान्द्राङकाे सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेको छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाडाैं पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ । दुर्घटनामा परि २२ घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ । घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ ।

दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का बर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ