+
Search

ताजा अपडेट +

पपुलर +

स्थायी कमिटी बैठकमा प्रचण्डले भने : नारायणकाजीलाई कमानसिंहसँग जाेडेर दुष्प्रचार नगराैं

पालिका लाइभ
२०७७ मंसिर २८, आईतवार

काठमाडौ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई स्वर्गीय कमानसिंह लामासँग जाेडेर दुष्प्रचार नगर्न आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाकाे स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

केही दिन अघिदेखि प्रवक्ता श्रेष्ठलाई स्वर्गीय लामा र उनकाे हाइड्राेपावरकाे सेयरकाे विषयसँग जाेडेर विभिन्न समाचारहरू बाहिर आइरहेका छन् ।

आजकाे बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरिएकाे थियाे । कमिटीकाे अर्काे बैठक पुस १ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ