+
Search

ताजा अपडेट +

पपुलर +

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति हुन्छ : महासचिव पौडेल

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति हुन्छ : महासचिव पौडेल
पालिका लाइभ
२०७७ मंसिर १७, बुधबार

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित हुने बताएका छन्।

प्रधानमन्त्री आजको सचिवालय बैठकमा उपस्थित हुने नहुने अन्योल भइरहेका बेला महासचिव पौडेलले प्रधानमन्त्री बैठकमा उपस्थित हुने बताएका हुन्।

‘निर्धारित समयमा बालुवाटारमै बैठक बस्छ र प्रधानमन्त्रीसहित सचिवालयका ९ जना नै उपस्थित हुनुहुनेछ,’ पौडेलले भने, ‘र, बैठकमा घनीभूत रुपमा छलफल हुनेछ।’

यसअघि प्रधानमन्त्रीको सचिवालयले ओली अरु नै कार्यक्रममा व्यस्त हुने भन्दै सचिवालय बैठकमा उपस्थित नहुने जनाएको थियो।
सचिवालय बैठक लम्बिने भएका कारण बिहीबार बोलाइएको नेकपा स्थायी कमिटी बैठक भने सर्ने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।