+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले ५० अर्ब छुट्यायो, कस्तो खोप ल्याइँदै छ नेपालमा?

पालिका लाइभ
२०७७ मंसिर १०, बुधबार

काठमाडौं- नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ।

त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले दिए।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा.गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ।

दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन्।

विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ