+
Search

ताजा अपडेट +

पपुलर +

जब सडकमा नाचिरहेकी सारा अली खानलाई मानिसहरु भिखारी सम्झेर पैसा दिन थाले…

जब सडकमा नाचिरहेकी सारा अली खानलाई मानिसहरु भिखारी सम्झेर पैसा दिन थाले…
पालिका लाइभ
२०७७ मंसिर ६, शनिबार

काठमाडौं- बलिउड अभिनेत्री सारा अली खान फिल्म उद्योगको रुचाइएकी अभिनेत्रीमध्ये एक हुन्।

सारा सामाजिक सञ्जालमा पनि एकदमै धेरै सक्रिय छिन र आफ्नो फोटोहरू पनि सेयर गरिरहेकी हुन्छिन्। उसका बाकालका तस्बिरहरु पनि सामाजिक सञ्जालमा चर्चाको विषय बन्दछन्।

उनको बाल्यकालमा आफूले गरेका गतिविधिहरू सबै अन्तर्वार्तामा पनि बताउँदै आएकी पनि छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा साराले बाल्यकालको एउटा सुनाएकी छन्। त्यो घटना थियो उनी सडकमा नाँच्दै गरेको र मानिसहरु उनलाई भिखारी सम्झिएर सहयोग गरिरहेको।

साराले जुमसँग कुराकानीका क्रममा सानोमा आफ्नो परिवार छुट्टीका समयमा घुम्न गएको एउटा कथा सुनाएकी छिन्। भ्रमणका क्रममा सैफ अली खान, अमृता सिंह र इब्राहिमसँग उनी पसलमा केही लिन गएकी थिइन्।

बाबा आमा पसलभित्र छिरे तर उनी आफ्नै धुनमा थिइन्। उनी आफ्नै तरिकाले रमाइलो मान्दै सडकमा नाचिरहेकी थिइन्। मानिसहरूले उनलाई भिखारी सम्झेर भटाभट पैसा दिन थाले। साराले मानिसहरुले दिएको पैसा राखिन् र नाचलाई पनि जारी राखिन्।

15201201 sara ali khan

जब सैफ र अमृता पसलबाट बाहिर आए त्यसपछि उनीहरूलाई साराले नाचेको र सडकमा आउने जानेले राम्रो मानेर पैसा दिएको बारे बताइयो। प्रत्यक्षदर्शीले साराका बारेमा बताएको सुनेपछि अमृताले भनिन्, ‘यसलाई राम्रो लागेर होइन् कि भिखारी नै सम्झेर उनीहरुले पैसा दिएका हुन्।’

सारा हाल सारा बरुण धवनका साथमा ‘कुल्ली नम्बर १’मा काम गरिरहेकी छन्। यसका अलावा उनी आनन्द एल राईको फिल्म ‘अतरंगी रे’मा पनि काम गर्दैछिन्। यस फिल्ममा उनी अक्षय कुमार र धनुषसँग स्क्रिन सेयर गर्ने भएकी छन्।

प्रतिक्रिया