+
Search

ताजा अपडेट +

पपुलर +

आरवी हेयर एन्ड व्युटी लन्जले पायो ‘विजनेस अचिभमेन्ट अवार्ड’

पालिका लाइभ
२०७७ कार्तिक २७, बिहीबार

अष्ट्रेलिया- सिड्नीको आरवी हेयर एण्ड व्युटि लन्जले ‘विजनेस अचिभमेन्ट अवार्ड’ पाएकाे छ । स्थानीय सरकार मार्फत हरेक बर्ष प्रदान हुने विजनेस अचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित हुँदै लन्ज उत्कृष्ट व्यवसायको सम्मान पाएको हो ।

स्थानीय सांसद मार्क कौरले पसलमै आएर उक्त अवार्ड प्रदान गरेको सञ्चालक सन्देश राजभण्डारीले जानकारी दिए । स्थानीय सरकारले हरेक बर्ष यस प्रकारको अवार्ड प्रदान गर्दै आएको छ । यस अघि पनि याे व्यवसाय उत्कृष्ट व्यवसायहरुको छनौट सूचीमा परेको थियो ।

fkdo

२०१३ मा अष्ट्रेलिया छिरेका सन्देश र मौसमी दम्पतीले २०१८ मा यस व्यवसाय शुरु गरेका हुन् । उनीहरु दुवैले यस व्यवसायसँग सम्बन्धित विषय नै अध्ययन गरेका थिए । हाल उनीहरुले आफुहरु सहित ८ जनालाई यसमा रोजगारी समेत दिएका छन् ।

अवार्ड पाइसकेपछि उनले आफ्नो व्यवसायलाई अझै ग्राहकमैत्री र गुणस्तरीय सेवा दिने अठौट गरेका छन् ।

‘ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना सदैव रहनेछ’ उनले भने, ‘अझ यस प्रकारको अवार्ड हामीलाई धेरै हौसला मिलेको छ, राम्रो गर्न खोज्नेहरुलाई राम्रै हुने रहेछ भन्ने पनि प्रमाणित भएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ