+
Search

ताजा अपडेट +

पपुलर +

राजस्थानलाई हराउँदै कोलकाताले बनायो अघिल्लो चरणको सम्भावना

पालिका लाइभ
२०७७ कार्तिक १७, सोमबार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले शीर्ष चारभित्र पर्ने सम्भावना जीवित राखेको छ।

समूह चरणको अन्तिम खेलमा इओन मोर्गानको ब्याटिङ र पाट क्युमिन्सको बलिङ चल्दा कोलाकाताले खेल जितेको हो।

राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकाताले पूरा २० ओभर खेल्दै ७ विकेट जाँदा १ सय ९१ रन बनाएको थियो।

जसमा शुभमन गिलले २४ बलमा ३६, राहुल त्रिपाठीले ३४ बलमा ३९, इओन मोर्गानले ३५ बलमा अविजित ६८, एन्ड्रे रसेलले ११ बलमा २५ रन बनाएका थिए।

१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको राजस्थान सम्हालिन सकेन। पूरा ओभर खेले पनि ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो।

राजस्थानका लागि बेन स्टोक्सले ११ बलमा १८, जस बटलरले २२ बलमा ३५, राहुल तेबाटियाले २७ बलमा ३१, श्रेयस गोपालले २३ बलमा २३ रन बनाए। कोलकाताका क्युमिन्सले चार विकेट लिए। बरुण चक्रबर्थी र शिभम माभीले दुई–दुई साथै कमलेश नगरकोटीले एक विकेट लिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ