+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ आइपुगे ‘रअ’ का प्रमुख गोयल

काठमाडौँ आइपुगे ‘रअ’ का प्रमुख गोयल
पालिका लाइभ
२०७७ कार्तिक ५, बुधबार

काठमाडौं- भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ ।

उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।

भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतिय दुतावासले केही बताएको छैन ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।