+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण, १ लाख ३९ हजार १२९ पुगे संक्रमित

२४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण, १ लाख ३९ हजार १२९ पुगे संक्रमित
पालिका लाइभ
२०७७ कार्तिक ४, मंगलवार

काठमाडौं- २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

हाल देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।