+
Search

ताजा अपडेट +

पपुलर +

१४ देश ट्रान्जिट हुँदै अमेरिका, दुई वर्ष जेल बसेपछि हतकडीसहित स्वदेश फिर्ता

१४ देश ट्रान्जिट हुँदै अमेरिका, दुई वर्ष जेल बसेपछि हतकडीसहित स्वदेश फिर्ता
पालिका लाइभ
२०७७ आश्विन २०, मंगलवार

काठमाडौं- १४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन्।

मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो ।

दाङ, झापा, रुकुम पूर्व, बाग्लुङ र दोलखाका युवा त्यसरी निष्कासनमा परेका हुन् । उनीहरूलाई मानव तस्करको समूहले विभिन्न देश हुँदै अमेरिकाको सीमासम्म पु¥याएको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी देवबहादुर बोहराले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा पनि उनीहरूको हातमा हत्कडी लगाइएको थियो । सुन्दर जीवनको सपना बोकेर अमेरिका पुगेका उनीहरू स्वदेश फर्कँदा बेखर्ची थिए।

त्यसरी फर्किएकामध्ये एक हुन्, रुकुम पूर्वका रमेश केसी (नाम परिवर्तन) । २० कात्तिक ०७५ मा उनको अमेरिका यात्रा सुरु भएको थियो । नेपालबाट सुरुमा उनलाई कतार हुँदै इथियोपिया पु¥याइयो।

त्यहाँबाट दुबई हुँदै फ्रान्स, चिली, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै अमेरिकाको छिमेकी देश मेक्सिको पु¥याइयो । त्यहाँबाट अमेरिका छिर्ने क्रममा उनी पक्राउ परे । यसबीचमा २७ लाख रुपैयाँ सकिएको उनले प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।