+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा प्रवक्तालाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न-अरूले गरे बेठीक, आफ्नाले गरे ठीक ?

पालिका लाइभ
२०७७ आश्विन २०, मंगलवार

काठमाडाैं- प्रदेश ५ सभाकाे मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दिएको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएकाे छ।

संसदमा कांग्रेस सांसदले नाराबाजी र तोडफोड गरेपछि केसीले गलहत्याएर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए।

मन्त्री केसीको अभिव्यक्तिप्रति नेकपाले कुनै प्रतिक्रिया नदिएकोप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रोष प्रकट गरेका हुन्। नेकपा पार्टी प्रवक्तालाई प्रमुख प्रतिपक्ष दलका प्रवक्ताको प्रश्न छ, ‘अरुले गरे बेठीक, आफ्नाले गरे ठीक ?’

‘कता हुनुन्छ नारायण काजी जी ?’

कुर्सी तोडफोडकाे घटना गलत भनेर कांग्रेस प्रवक्ता बोल्दा नेकपा प्रवक्ता किन बोल्न नसकेको भन्दै श्रेष्ठप्रति उनको प्रश्न छ। नेकपा प्रवक्ता श्रेष्ठलाई शर्माको प्रश्न छ, ‘ तोडफोड गलत´ कांग्रेस प्रवक्ता बोल्ने, `मन्त्रीको उत्तेजक आदेश गलत´ नेकपा प्रवक्ता किन नबोल्ने?’

मन्त्री केसीले संसदीय मर्यादाविपरीत निर्देशन दिएको शर्माले ट्विटमा उल्लेख गरेका छन्। संसद्को काम कारबाही सभामुखमा निर्भर रहने बताउँदै शर्माको प्रश्न छ, ‘संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु ?’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ