+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, ३२ हजार ६७८ पुगे संक्रमित

नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, ३२ हजार ६७८ पुगे संक्रमित
पालिका लाइभ
२०७७ भाद्र ८, सोमबार

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

१३ हजार ७१५ जना संक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १८ हजार ८०६ पुगेको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।