+
Search

ताजा अपडेट +

पपुलर +

मृगौला पिडित अधिकारीलाई जापानबाट आर्थिक सहयोग

मृगौला पिडित अधिकारीलाई जापानबाट आर्थिक सहयोग
पालिका लाइभ
२०७७ श्रावण ३०, शुक्रबार

गाेरखा- दुवै मृगौलाले काम गर्न छोडेपछि पाटन हस्पिटलमा थप उपचार गरिरहेका ११ बर्षका सन्दिप अधिकारीलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

जापानमा रहेका पालुङ्टारका सुनिल देवकोटसहितकाे टिमले सामाजिक सन्जालबाट आर्थिक संकलन गरेर नेपाल पठाएको ६६ हजार ९ सय ७४ रुपैयाँ आज हस्तान्तरण गरिएको हो।

एक कार्यक्रममाबिच उक्त रकम पत्रकार विकास भट्टराईले विरामीलाई हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै पत्रकार भट्टराईले विदेशमा गएर श्रम गरेर जम्मा गरेको पैसा पठाएर उपचारमा सहयोग गर्नु जस्तो महान काम अरु केही नभएको भन्दै सहयोगी मनहरुलाई धन्यवाद दिए।

हाम्रो सानो सहयोगले कसैले जीवन पाउछ भने किन नगर्ने भनेर यो अभियान सञ्चालन गरिएको र सबै साथीहरुले अभियान सफल बनाउन साथ दिएको अभियान्ता देवकोटाले बताए।

परिवारको आर्थिक अवस्था कम्जोर रहेको हुदा उपचारमा समस्या हुदै आएको विरामीका दिदि स्मृता अधिकारीले बताईन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।