+
Search

ताजा अपडेट +

पपुलर +

आठ दिनपछि ओली–दाहालबीच चार घण्टा छलफल, वार्ता ‘सकारात्मक’

पालिका लाइभ
२०७७ श्रावण २९, बिहीबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार चार घण्टा छलफल भएको छ । बिहीबार बिहन लामो समयको संवादहीनता तोड्दै दुई अध्यक्षबीच चार घण्टा छलफल भएको हो ।

सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।

‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ,’ उनले भने । यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश पठाएका थिए ।

बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेका थिए ।

यसअघि बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताएका थिए । उनले आजैबाट काउन्टडाउन सुरु हुने समेत बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ