+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना संक्रमण : गम्भीर बिरामीको संख्या बढ्दै, कहाँ कति छन् आइसियुमा?

पालिका लाइभ
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौं- सरकारले कोरोना परीक्षणको दायरा घटाएपछि संक्रमित देखिने क्रम पनि घटेको छ।

८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमित पनि घटेका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै परीक्षण ५ देखि ११ असारसम्मको एक साताको अवधिमा भएको थियो । त्यो साता ४४ हजार तीन सय १९ नमुना परीक्षण भएका थिए, जसमा तीन हजार दुई सय सात संक्रमित देखिए।

त्यसको अर्को साता १२ देखि १८ असारसम्म ३८ हजार २० नमुना परीक्षण गर्दा तीन हजार तीन सय ५७ संक्रमित देखिएका थिए । ८ जेठदेखि १५ साउनसम्मको अवधिमा धेरै संक्रमित देखिएको त्यही साता हो।

१२ असारयता सरकारले परीक्षणको दायरा घटाउँदै ल्याएको छ । २ देखि ८ साउनसम्मको सातामा पुग्दा २७ हजार दुई सय १७ नमुना मात्रै परीक्षण गरिए, जसमा आठ सय ९७ संक्रमित देखिए ।

९ देखि १५ साउनसम्मको पछिल्लो सातामा परीक्षणको दायरा बढाएर ३३ हजार एक सय २६ पुर्‍याउँदा संक्रमित देखिने क्रम पनि बढेको छ । यो साता एक हजार तीन सय ६ संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ