+
Search

ताजा अपडेट +

पपुलर +

अब रातकाे समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

पालिका लाइभ
२०७७ श्रावण १५, बिहीबार

काठमाडौं– गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्रा आवागमनमा रोक लगाएको हो ।

उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड-१९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।

विज्ञप्ति

15201201 home notice

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ